Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 30, 2023 राजनीति

पाकिस्तानमा पोखरीमा डुबेर छ जना बालबालिकाको मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

जेठ १६, काठमाडौँ | पाकिस्तानको सिन्ध प्रान्तमा पोखरीमा डुबेर छ जना बालबालिकाको मृत्यु भएको छ ।

सिन्धमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई दाजुभाइसहित कम्तीमा छ बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो । दुईजनालाई स्थानीय जनताले उद्धार गरेका छन् ।

खैरपुर जिल्लाको टाण्डो मस्ती खान क्षेत्र नजिक रहेको वारिस उजन गाउँको माछा पोखरीमा छ जना बालबालिका खेल्दै गर्दा एक बालक चिप्लिएर पोखरीमा खसेपछि साथीलाई बचाउने प्रयासमा पाँचै बालबालिकाले पानीमा हाम फालेका थिए ।

घटनामा दुई दिदीबहिनीसहित थप तीन बालबालिकाको मृत्यु भएको छ भने अन्य दुईलाई स्थानीयले उद्धार गरी गम्भीर अवस्थामा अस्पताल पुयाृएका थिए । पोखरीबाट तीन बालबालिकाको शव निकालिएको र चौथो शवको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सिन्ध प्रान्तकै थारपार्कर जिल्लाको डिप्लो टाउन नजिकैको रानी भेरो गाउँमा यस्तै घटनामा दुई बालबालिकाको  डुबेर मृत्यु भएको जियो न्यूजले जनाएको छ । पोखरी नजिक खेलिरहेका उनीहरू अचानक पानीमा खसेका थिए ।