जेठ १८, काठमाडौँ | राजनीतिकदेखि समसामयिक विषयमा कटाक्ष गर्न माहिर मानिन्छन्, अभिनेता दीपकराज गिरी । बेलाबेला विभिन्न विषयलाई लिएर उनले सामाजिक सञ्जालमा कटाक्ष गर्ने गरेका छन् । यसपटक पनि उनले वर्तमान विकास बोर्डका अध्यक्ष भुवन केसीलाई ईसारा गर्दै व्यङ्गात्मक कटाक्ष गरेका छन् ।

सोमबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा चलचित्र विकास बोर्डलाई बजेट नछुट्याएको भन्दै असन्तुष्टि जनाउनेलाई उनले उक्त व्यङ्गात्मक कटाक्ष दिएका हुन् । उनले लेखेका छन्, ‘सरकारले चलचित्र क्षेत्रलाई केही दिएन रे ? लौ पोहोरै दिएको होइन ? विकास बोर्डको नयॉ अध्यक्ष । अरू कति खोज्या ?’

पछिल्लो समय विकास बोर्डका अध्यक्ष केसी र अभिनेता गिरीबीच शीतयुद्ध चलिरहेको छ भन्दा फरक पर्दैन । बोर्डले वर्ष २०७९ नसकिँदै आफ्नो चलचित्र ‘छक्का पञ्जा ४’ को कमाई सार्वजनिक गरिदिएपछि गिरीले बोर्डप्रति असन्तुष्टि जनाएका थिए ।

गिरीले बोर्डले आफ्नो चलचित्रको गलत कमाई सार्वजनिक गरेको टिप्पणीसमेत दिएका थिए । उक्त घटनापछि यी दुईले आमनेसामने भएर वार्तालाप गरेको देखिएको छैन । केही समय अगाडि राजधानीमा आयोजना भएको चलचित्रको एक कार्यक्रममा यी दुई आमनेसामने भएका थिए ।

तर उनको अगाडि गिरीले यस विषयमा भने बोल्न चाहेनन् । हामी चलचित्रको लागि आएका हौं, यसै विष्यमा केन्द्रित रहौँ भनेर उनले कुरालाई नै टारिदिए । भेट भएको समयमा कुरा टारेपनि उनी अध्यक्ष केसीलाई बेलामौकामा कटाक्ष गर्न भने छाड्दैनन् ।

June 1, 2023
राजनीति
दीपकराजको कटाक्ष- चलचित्र क्षेत्रलाई सरकारले केही दिएन रे ? विकास बोर्डको अध्यक्ष दियो त
By साझासवाल
4 मिनेट पढाइ