Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 14, 2023 राजनीति

काठमाडौं अदालतबाहिरबाट विप्लवका कार्यकर्ता पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

जेठ ३१, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको पक्षमा प्रतिरक्षा बहस गर्ने अधिवक्ताहरूविरुद्ध नाराबाजी भएको छ ।  नेत्रविक्रम चन्द्र ‘विप्लव ’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रतिवादीको पक्षमा बहस गर्ने वकिलहरु विरुद्ध नाराबाजी गरेको हो ।

बुधबार सो प्रकरणका आरोपितहरूको प्रतिरक्षा बहस चलिरहेको बेला जिल्ला अदालत, काठमाडौँ परिसरमा नाराबाजी गर्दै  उनीहरु पुगेका थिए ।

सो क्रममा  १३ नेताहरू पक्राउ परेका छन् ।

यो प्रकरणमा एमालेका नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँणसहित १८ जना पक्राउ परेका छन् । १३ प्रतिवादीको पक्षमा हालसम्म दर्जनौँ वकिलहरुले बहस सकिसकेका छन् । नेता खाणको पक्षमा मात्रै १५ जनाले बहस गरेका थिए ।

अब इजलासमा आङ्टावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, टेकनाथ रिजाल र शमशेर मियातर्फका वकिलको बहस हुन बाँकी छ । उनीहरुको बहस आजै सकेर बिहीबार सरकारी वकिलले जवाफी बहस गर्ने तयारी छ ।