Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 15, 2023 राजनीति

नेपाल हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर राजदूत शर्माले संविधान विरोधी काम गरे : रघुजी पन्त

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ३२, काठमाडौँ | नेकपा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर अन्तर्वार्ता दिएको भन्दै प्रतिनिधि सभा बैठकमा विरोध जनाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाल असंलग्न परराष्ट्र नीतिमा सरकारले जोड दिँदै आएकोमा अहिले खलबलिन थालेको बताए ।

उनले हालै भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले महांकालमा गएर पूजा गएको, प्रधानमन्त्री र मन्त्रीले गेरुवा बश्त्र धारण गरेपछि भारतका लागि नेपाली राजदूतले बिचारमा पनि गेरुवा वस्त्र धारण गरेको टिप्पणी गरे ।

सांसद पन्तले एक दैनिक पत्रिकामा भारतस्थित राजदूत शङ्कर शर्माको अन्तर्वार्ता आएको बताउँदै सो अन्तर्वार्ता हेर्दा नेपालको परराष्ट्र नीति के हुन लागेको भन्ने प्रश्न खडा भएको बताए ।

सो अन्तरवार्तामा शर्माले घुमाएर हिन्दु राष्ट्र नेपालको वकालत गरेको र नेपालको धर्म निरपेक्षतामाथि प्रश्न खडा भएको टिप्पणी गरे । सांसद पन्तले राजदूत शर्माले हिन्दु राष्ट्र नेपालको वकालत गरेर संविधान विरोधी काम गरेको आरोप लगाए ।

उनले सरकार हिन्दु राष्ट्रको पक्षमा हो कि हैन भन्दै त्यसबारे संसदमा प्रस्ट पार्न आग्रह गरे । साथै भारतले नयाँ संसद भवनमा राखेको विवादित नक्साका बारेमा सरकारको धारणा माग गरेका छन् ।