Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भारतसँग अंक बाँडेपछि नेपालको सेमिफाइनल सम्भावना कायमै

२०८०, ३२ जेष्ठ बिहीबार ०८:३९

जेठ ३२, काठमाडौँ | एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा बिहीबार हुने भनिएको नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपालले बिहीबार हङ्कङमा भारतको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम थियो । 

तर, वर्षाका कारण खेल सुरु नै हुन सकेन । खेल रद्द भएपछि दुबै टोलीले एक/एक अंक बाँडेका छन् । जारी प्रतियोगितामा नेपाली टोलीको यो दोस्रो खेल थियो । नेपाली टोली आफ्नो पहिलो खेलमा भने पाकिस्तान ’ए’ सँग पराजित भएको थियो । वर्षाका कारण पाकिस्तान र हङ्कङबीचको खेल पनि हुन सकेन । 

नेपालले पाकिस्तानलाई ८७ रनमा अलआउट गरेको थियो । तर, जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २० ओभरमा ७८ रनमात्र बनाउन सकेको थियो । नेपाली टोली दुई खेलबाट एक अंक जोड्दै तालिकाको तेस्रो स्थानमा आसिन छ ।

 

समूह ‘ए’ मै रहेको भारत दुई खेलबाट तीन अंक जोड्दै पहिलो स्थानमा आसिन छ । तालिकाको दोस्रो स्थानमा आसिन पाकिस्तानले पनि दुई खेलबाट तीन अंक जोडेको छ । आयोजक राष्ट्र हङ्कङ दुई खेलबाट एक अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ । 

भारतले आफ्नो पहिलो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो । प्रतियोगिताको समूह ‘बी’ मा पनि सबै टोलीले दुई÷दुई खेल खेलिसकेका छन् । बंगलादेश तीन अंकसहित पहिलो, श्रीलंका तीन अंकसहित दोस्रो, यूएई दुई अंकसहित तेस्रो र खाता खोल्न नसकेको मलेसिया चौथो स्थानमा छन् ।

प्राविधिक कारणले अन्तिम समयमा आएर थाइल्यान्डले प्रतियोगिता नखेल्ने भएपछि यो प्रतियोगितामा नेपालले सहभागिताको अवसर पाएको हो । एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । 

नेपालले अब आफ्नो तेस्रो तथा अन्तिम खेल शनिबार हङ्कङसँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना जिवितै छ । शनिबार नै भारत र पाकिस्तानबीच खेल हुनेछ । उक्त खेल रद्द भए वा अनिर्णित रुपमा सकिए नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त हुनेछ । यस्तो स्थितिमा भारत र पाकिस्तान एक/एक अंक बाँडेर कुल चार/चार अंकसहित सेमिफाइनलमा प्रवश गर्नेछन् । 

तर, भारत र पाकिस्तानमध्ये एक टोली पराजित भएमा जित्ने टोली पाँच अंकसहित सेमिफाइनलमा पुग्नेछ । हार्ने टोलीको तीन अंकमात्र हुनेछ । त्यसपछि अर्को खेलमा नेपालले हङकङलाई पराजित गरेमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । यस्तो स्थितिमा नेपालको पनि तीन अंक हुनेछ । त्यसपछि नेट रनरेटमा अगाडि रहने टोली सेमिफाइनलमा पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ