<p><b>असार १, काठमाडौँ | </b>भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ । पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढेर आएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।<br></p><p>हरेक महिनाको १ र १६ तारिखमा आइओसीले मुल्य सूची पठाउँदै आएको छ । एक तारिकमा सबैको मुल्यसूची आउने भएपनि १६ तारिकमा भने पेट्रोल र डिजेलको मात्र मूल्य समायोजन भएर आउने गरेको छ ।</p><p>हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।</p>
June 16, 2023
राजनीति
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
By साझासवाल
2 मिनेट पढाइ










