Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 16, 2023 राजनीति

प्रचण्डलाई कांग्रेस सांसद घिमिरेको चेतावनी- प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्नू

By साझासवाल 2 मिनेट पढाइ

असार १, काठमाडौँ | नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरुको पनि भुमिका रहेको भन्दै अवमूल्यन नगर्न चेतावनी दिएका छन्।

प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरुले दिएको मतको ख्याल गर्न आग्रह गरे।

उनले भने, ‘नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरुपको बजेट आउन सकेको छैन। आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दा कुद्दा जुत्ताको तलुवा खिएपनि हात लागि शुन्य भएको छ। पार्टीको समर्थन पाएर मात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्नू।’

मुलुकको बजेटमा सांसदहरुको पनि अधिकार रहेको बताए। उनले गठबन्धन, गठबन्धनभित्र पार्टीगत, पार्टीभित्र गुट उपगुटअनुसार अघि बढेर कहाँ पुगिन्छरु भन्दै प्रश्न गरे।