असार १, काठमाडौँ |  नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका दुई जना बाहेक सबै अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाउँने आदेश दिएको छ ।

न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा एक साता भन्दा लामो वहस र सुनुवाईपछि नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित पुर्पक्षमा पठाउने आदेश भएको हो ।

लक्ष्मी महर्जन र टंक गुरुङबाहेक सबैलाई पुर्पक्षमा पठाउन अदालतले आदेश दिएको हो ।महर्जनसँग अदालतले ५ लाख धरौटी मागेको छ भने गुरुङसँग १० लाख धरौटी मागेको छ । बाँकीको धरौटी माग समेत अश्वीकार भएको छ ।

June 16, 2023
राजनीति
नक्कली शरणार्थी प्रकरण–लक्ष्मी र टंकलाई धरौटी, भीआइपीसहित बाँकी सबै पुर्पक्षका लागि कारागार
By साझासवाल
2 मिनेट पढाइ