पढ्न करिब 1 मिनेट लाग्छ

असार ३, काठमाडौँ | अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा देखिने भएकी छन् । अहिलेसम्म अधिकांश फिल्म प्रेमकथामा अभिनय गरेकी पूजाले फिल्म ‘दान्भी’ मा एक्सन भूमिका निर्वाह गर्न लागेकी हुन् ।

फिल्ममा पूजाको जोडीको रुपमा नायक कुन्साङ बोमजम देखिँदै छन् । रुपेश तामाङले निर्देशन गर्न लागेको फिल्म छिट्टै छायांकन हुने बताइएको छ । रुपेशले यसअगाडि निर्देशन गरेको फिल्म ‘जय शम्भु’ले तारिफ पाएको थियो ।

‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्राउने तयारी गरेका छौँ । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ’ निर्देशक तामाङले भने ।

फिल्मलाई लिएर नायिका पूजा शर्मा उत्साहित छिन् । पूजाले फिल्मका लागि मिहिनेत गरिरहेको बताइन् । उनले भने,‘दर्शकमा मलाई लिएर लभ स्टोरी फिल्मको छाप छ । यसपटक दर्शकले दान्भीमा मेरो नयाँ अवतार देख्न पाउनुहुनेछ ।’ नायक कुन्साङ बोमजमले पनि फिल्मलाई लिएर आफू उत्साहित रहेको सुनाए ।

फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन् ।

फिल्मका अन्य कलाकार र टिम चाडै नै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए ।