<p><b>असार ४, काठमाडौँ | </b>त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालत काठमाडौं भित्र आन्दोलन गर्न पुगेपछि चलाउनेसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।<br></p><p>उनीहरुलाई सिंहदबारमा लगिएको छ। आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रीपरिषदको निर्णय गरेपछिको विरोध प्रदर्शन गर्न अदालतमा पुगेका थिए।</p><p>उनले आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गर्दै सत्याग्रह बस्ने घोषणा पनि गरेका थिए।</p>
June 19, 2023
राजनीति
अदालतभित्रै आन्दोलन गर्न पुगेका प्रेम चलाउनेसहित केही व्यक्ति प्रहरी नियन्त्रणमा
By साझासवाल
2 मिनेट पढाइ








