<p><b>असार ५,काठमाडौँ |</b> प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएका छन् ।<br></p><p>सभामुखले रुलिङ गरेपनि एमाले सांसदहरूले अडान नछाडेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । सदनमा केही दिनयता मन्त्रालयगत् बजेटमाथि छलफल भइरहेको छ ।</p><p>पर्यटन मन्त्रालयले कोशी प्रदेशलाई १ नम्बर र सहरीले लुम्बिनीलाई ५ नम्बर प्रदेश उल्लेख गर्दै विनियोजित बजेट विवरण पुस्तिका वितरण गरेको थियो ।</p>
मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमालेको विरोध, १५ मिनेटका लागि सदन स्थगित
Leave a Comment

