<p><b>असार ५,काठमाडौँ | </b>नागरिकता माग्दै आन्दोलनमा उत्रिएका एक युवाले आज माइतीघरमा आत्महत्या प्रयास गरेका छन् ।<br></p><p>माइतीघरमा प्रदर्शनका क्रममा बाराका ४० वर्षीय सरोज शाहले डोरीले घाँटि कस्दै आत्महत्याको प्रयास गरेका छन् । उनलाई प्रहरी र साथीहरूले रोक्दै उद्धार गरेका छन् ।</p><p>नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको मुद्दाको पेसी पटकपटक स्थगित भएको भन्दै उनले न्यायको मागसहित आक्रोश व्यक्त गरेका हुन् ।</p>
नागरिकता माग्दै गरिएको प्रदर्शनमा एक युवकले गरे आत्महत्या प्रयास
Leave a Comment

