प्रशिक्षक देसाई भन्छन्- विश्वकप छनोट प्रतियोगितामा प्रदर्शन गर्न नेपाली टिम भोकाएको छ

साझासवाल
1 Min Read

असार ५, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिम विश्वकप छनोट प्रतियोगितामा प्रदर्शन भोकाएको प्रतिक्रिया दिएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग कुरा गर्दै उनले नेपाली टिमबारे भनेका छन्, 'उनीहरू सिक्न भोका छन्। उनीहरू यस स्तरमा प्रदर्शन गर्न भोका छन्। उनीहरूले यस स्तरमा धेरै सम्मान कमाउन सक्छन्। त्यसैले म उनीहरूका लागि उत्साहित छु।'

रोहित पौडेल कप्तान नियुक्त भएको केही समयमै राष्ट्रिय टिमको प्रशिक्षक बनेका देसाईले नेपालका कप्तान पौडेलको पनि प्रशंसा गरेका छन्।

'उनी धेरै सिक्न चाहन्छन्। कसरी राम्रो ब्याटिङ गर्ने भनेर मात्र होइन, उनी टिम कप्तानको रूपमा परिस्थितिको चुनौती लिन चाहन्छन्। उनीसँग मेरो साझेदारी अहिलेसम्म राम्रो छ,' देसाई भने।

उनले टिममा चोटबाट फर्किएर राम्रो प्रदर्शन गरिरहेका ललितनारायण राजवंशीको प्रदर्शनमा आफू खुसी रहेको बताए।

साथै गुल्सन झाले आफूले 'म्याच विनर' को रूपमा प्रमाणित गरेको बताए। साथै भीम सार्कीको मेहनतको पनि उनले प्रशंसा गरेका छन्।

Leave a Comment

Leave a Reply