असार ५, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा विशेषज्ञहरुको राय बमोजिम स्थायी पेस मेकर राखिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मुटुमा स्थायी पेस मेकर राखिएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘७२ घण्टाको नियमित निगरानीका क्रममा सम्माननीयज्यूको मुटुको चाल बेला बखतमा कम हुने देखिएकोले विशेषज्ञहरुको राय बमोजिम पेस मेकर राख्नु पर्ने देखिएकोले आजै सफलतापूर्वक स्थायी पेस मेकर राखिएको छ’, अस्पतालका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेल असार २ गतेदेखि सो अस्पतालमा उपचाररत छन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेलको मुटुमा राखियो स्थायी पेस मेकर
Leave a Comment