Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रेम सुवालको टिप्पणी- भारतले नेपाललाई मित्रघात गरेर पछाडिबाट छुरा हान्दैछ

२०८०, ६ असार बुधबार ०८:११

असार ६, काठमाडौँ | नेमकिपाका सांसद प्रेम सुवालले प्रधानन्यायाधीश र न्यायाधीशमा शासक दलका कार्यकर्तालाई नियुक्ति नगर्ने प्रतिबद्धता बजेटमा आउनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोक्दै उनले सम्बन्धित क्षेत्रबाट निर्वाचन गराइ नियुक्ति गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘सर्वोच्च अदालतमा भएको ३० हजार ६२१ मुद्दा पाँच वर्षभित्र फैसला नगर्ने न्यायाधीशलाई तत्काल हटाउने भनेर कानून मन्त्रालयले प्रतिबद्धता ल्याउनुपर्छ । बजेटमा नयाँ कुरा आउनुपर्छ, निरन्तरताको अर्थ छैन ।’

उनले अहिले भारतले नेपाललाई पनि मित्रघात गर्दै पछाडिबाट छुरा हानिरहेको टिप्पणी गरे ।

सांसद सुवालले भने, ‘प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमा ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत मत प्राप्त नगरेकालाई राष्ट्रिय मान्यता नहुने ? प्रजातन्त्रको लागि लड्दा फोन गरेर सात दलमा चार दलमा आउनुपर्‍यो सडकमा भन्ने । अहिले सिंहदरबार कब्जा गर्ने बेलामा तपाईंहरुको तीन प्रतिशत मत छैन के काम ? यो हो मित्रलाई घात गर्ने ? अहिले भारतले नेपाललाई त्यही गरेको हो पछाडिबाट छुरा हान्ने । सरकारमा जाने पार्टीहरुले पनि त्यही गर्दैछ । मित्रघात गर्नेहरु राम्रोसँग मर्न पनि सक्दैनन् । विचार गर्नुहोला ।’

कानूनी शासनको लागि समाजवादी मोर्चा पनि आएको व्यंग्य गर्दै उनले कानूनमन्त्रीज्यूलाई सहयोग गर्ने टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ