२५ कार्तिक २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नागरिकता विधेयक प्रमाणीकरण विवाद : रिट निवेदकको बहस सकियो

७ असार २०८०, बिहीबार ०७:४१

असार ७, काठमाडौँ | नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा रिट निवेदकको बहस सकिएको छ । इजलासले रिट निवेदकका लागि दिएको समय १ बजेभित्रै रिट निवेदकका तर्फबाट बहस सकिएको हो ।  रिट निवेदकका तर्फबाट रिट निवेदकहरु वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, डा. सुरेन्द्र भण्डारी, टिकाराम भट्टराई, ध्रुव श्रेष्ठ र भद्रप्रसाद नेपालले बहस गरेका छन् । 

अपरान्ह १ बजेबाट महान्यायाधिवक्ता कार्यालयको तर्फबाट बहस सुरु भएको छ । विपक्षी राष्ट्रपतिको कार्यालयका तर्फबाट सहन्यायाधिवक्ता सूर्यराज दाहालले बहस सुरु गरेका छन् ।  इजलासले बहसका लागि ढिलोमा ४ः ३० बजेसम्मको समय छुट्टाएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा नागरिकता विधेयकसम्बनधी सुनुवाइ भइरहेको छ । 

बहसका लागि सुरुमा रिट निवेदकका तर्फबाट बिहान ११ः २५ बजेदेखि अपराह्न १ बजेसम्मको समय निर्धारण गरिएको थियो । त्यसै गरी सरकारी वकिललाई बहस गर्नका लागि अपराह्न १ बजेदेखि ३ बजेसम्मको समय दिइएको छ । खाजा समयमा पनि सुनुवाइ जारी रहने न्यायाधीश आनन्दमोहन भट्टराईले इजलासमा सर्कुलर जारी गरेका छन् ।  उक्त रिटमा सरोकारवालाको तर्फबाट बहस गर्न अपराह्न ३ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ । सबैको बहस सकिएपछि जवाफ दिनुपर्ने भएमा वा थप प्रस्ट पार्नुपर्ने भएमा रिट निवेदकहरुलाई थप आधा घण्टाको समय दिइएको छ । ढिलोमा ४ः ३० बजेसम्ममा बहस सक्न न्यायाधीश भट्टराईले सर्कुलर जारी गरेका छन् । बिहान ११ः २५ बाट सुरु भएको सुनुवाइ सकेर आजै आदेश गर्ने इजलासको तयारी छ । 

पूर्ववर्ती सरकारले पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेकोमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि त्यसको विरुद्धमा रिट परेको थियो । राष्ट्रपति पौडेलले कानुन र संविधान विपरीतको काम गरेको भन्दै प्रमाणीकरण विरुद्ध रिट परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’