बढ्यो सुनचाँदीको मूल्य , कतिमा भइरहेको छ कारोबार?

साझासवाल
1 Min Read

<p><b>असार ११, काठमाडौँ | </b>सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सनुको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो ।&nbsp;<br></p><p>त्यस्तै तेजाबी सुन भने १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।</p><p>त्यसैगरी चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।&nbsp;</p>

Leave a Comment

Leave a Reply