सांसद पौडेलको प्रश्न : जलहरी प्रकरणमा भएको के हो ? कति सुन हराएको हो ?

साझासवाल
1 Min Read

<p><b>असार ११, काठमाडौँ |</b> प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले पशुपति नाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरी ट्रकमा ल्याएको सामान जसरी जोख्ने काम भएको भन्दै यसबारे सत्यतथ्य सदनमा जनाकारी गराउनुपर्ने माग राखेका छन् ।&nbsp; सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको जलहरीबारे सदनमा निकै चर्चा भएको र जोख्ने तौलने काम भएको भन्दै यसको सत्यतथ्य जानकारी गराउन माग गरे ।&nbsp;<br></p><p>‘जलहरीबारे सदनमा निकै चर्चा भयो, मिडियाहरुमा पनि प्रमुखताका साथ समाचार आएको छ । तर भएको के हो ? आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरुले त्यहाँको सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ भन्ने हामीले सुनेका छौ’,</p><p>पूर्वमन्त्री समेत रहेका पौडेलले भने, ‘कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन ।&nbsp; यसको सत्यतथ्य जनाकारी गराउन सदनमार्फत सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’ जलहरी प्रकरणमा हिनामिना भएको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार जलहरीको नापजाँच गरेको थियो ।</p>

Leave a Comment

Leave a Reply