असार ११, काठमाडौँ | पशुपतिमा राखिएको सुनको जलहरिको तौल १०७ किलो ४७ ग्राम रहेको खुलेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जलहरि झिकेर जोख्दा उक्त तौल रहेको पाइएको हो।

उक्त सुन जोख्दा १०७ किलो ४७ ग्राम रहेको स्रोतले जानकारी दियो। सुन जोख्नको लागि आइतबार पशुपति क्षेत्र खाली गराइएको थियो। नेपाली सेना परिचालन गरेर सुन जोखिएको थियो।

जलहरि जोखेका बेला भक्तजनहरूलाई मन्दिर दर्शनका लागि रोकसमेत लगाइएको थियो। गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि पशुपति पुगेर जलहरि जोखेका हुन्।

जलहरि जोख्ने ठाउँमा सिसिटीभी जडानसमेत गरिएको थियो। पशुपतिमा जलहरि राख्न नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७९३.१०० ग्राम सुन खरिद गरिएको थियो। जलहरि छिटो खिइन नदिन त्यसमा २ किलो ८ सय ८८ ग्राम तामा, चाँदी १ किलो २ सय ५३ ग्राम र १२ ग्राम ७५ मिलिग्राम जिन्कसमेत राखिएको थियो।

जलहरिको कूल तौल ९६ किलो ८ सय २२ ग्राम थियो। १० किलो ९ सय ७६ ग्रामको रिङ हालिएको थियो। महालेखा परीक्षकको प्रतिवेदनले रिङ बनाउने काममा प्रयोग भएको सुनको परिमाण पुष्टि हुने विवरण पेश नभएको उल्लेख गरेको थियो।जलहरि र रिङ गरी कूल १०७ किलो ७ सय ९८ ग्रामको सुन र अन्य धातु प्रयोग भएको पाइएको छ।

पशुपतिमा राखेको जलहरिको तौल १०७ किलो ४७ ग्राम!
Leave a Comment