असार १३, काठमाडौँ | एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने निर्णय गरेको छ ।

बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

‘संसदीय दलको बैठकले बजेटको पक्षमा भोट हाल्ने निर्णय गरेको छ,’ उनले भने, ‘हामीले बजेट निर्माणको प्रक्रिया र असन्तुलनको बारेमा आफ्नो कुरा राखेर बजेटको पक्षमा मतदान गर्छौँ ।’

प्रतिनिधि सभाको बैठक अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । गत १५ जेठमा प्रस्तुत भएको बजेट आज पारित गर्ने कार्यसूची रहेको छ ।

एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने
Leave a Comment