ललिता निवास प्रकरण: अदालतले थुन्न अनुमति दिएका मीनबहादुर गुरुङसहित ३ आरोपी सर्वोच्चमा

साझासवाल
1 Min Read

असार १४, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये तीन आरोपी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ अन्य आरोपी सुधीरकुमार शाह र धर्मप्रसाद गौतमका तर्फबाट रिट दर्ता भएको हो । प्रारम्भिक सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । यसअघि काठमाडौं जिल्ला अदालतले बुधबार उनिहरूलाई थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको समय दिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ७ जनालाई पक्राउ गरेकामा ३ जना सर्वोच्च अदालतको अन्तरिम आदेश देखाएर छुटेका थिए । हदम्यादको विषय उठाएर सर्वोच्च अदालतले उनिहरूसहित १७ जनालाई गत वर्ष नै ललिता निवास प्रकरणमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो । यो मुद्दाको सबै प्रतिवादीका हकमा उक्त आदेश लागू हुने हाल हिरासतमा रहेका आरोपीहरूको दाबी छ।

Leave a Comment

Leave a Reply