ललिता निवास प्रकरण : तीन आरोपीको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश केहीबेरमा

साझासवाल
1 Min Read

असार १५, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ परेका ३ आरोपीको बन्दी प्रत्यक्षीकरण रिटको प्रारम्भिक सुनुवाइ सकिएको छ ।

न्यायाधीश कुमार चुडालको इजसालमा बहस सकिएकाले केहीबेरमा आदेशको तयारी छ ।

आफूहरूलाई गैरकानूनी तरिकाले हिरासतमा राखिएको जिकिरसहित मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि काठमाडौं जिल्ला अदालतले उनिहरूसहित ४ जनालाई थुनामा राखेर अनुसन्धान गर्न बुधबार ७ दिनको समय दिएको थियो ।

पक्राउ परेका अन्य ३ जना सर्वोच्च अदालतको अन्तरिम आदेश देखाएर छुटेका थिए । हदम्यादको विवादमा थुनामा राखेर अनुसन्धान गर्नु उचित नहुने भन्दै सर्वोच्च अदालतका न्यायधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले ललिता निवास प्रकरणमा संलग्न रहेको आरोप लागेका १७ जनालाई अन्तरिम आदेश दिएको थियो ।

त्यही आदेशलाई आधार मान्दै हाल हिरासतमा रहेकाले पनि आफूहरूलाई थुनामुक्त गर्नुपर्ने माग राखेका थिए।

Leave a Comment

Leave a Reply