असार १६, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्रीत डा. प्रकाशशरण महतले नेकपा एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउन लागेको हल्ला असत्य भएको बताएका छन्।

शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले एमालेसमेत समेटेर नयाँ सत्ता समीकरण बनाउन लागेको कुरालाई असत्य रहेको बताएका हुन्।

उनले भने ‘यो सबै भ्रम हो। संसद्मा सबै दलका नेताहरूसँग भेट भइरहेको हुन्छ। यसकै आधारमा हल्ला गर्नु हुँदैन | गठबन्धनले लक्ष्यसहित काम गरिरहेको छ। देश र जनतालाई केन्द्रमा राखेर गठबन्धनले काम गरिरहेको छ। यो अफवाहको कुनै अर्थ छैन।’

महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय सिर्जनामा सहयोग पुग्ने दाबी पनि गरे।

एमालेसँग मिलेर नयाँ गठबन्धनमा बनाउन खबर असत्य हो: अर्थमन्त्री महत
Leave a Comment