युवतीलाई बलात्कार गरेको आरोप राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारी पक्राउ

साझासवाल
1 Min Read

असार २१, काठमाडौँ | राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ‘सूचक’लाई ३३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका–८ बिजौरी घर भएर काठमाडौँको हनुमानस्थानमा बस्दै आएका दामोदर पौडेल छन् । आरोपित पौडेललाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले बताए ।

२०८० असार ७ मा पक्राउ गरेर महिला तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जाल मार्फत चिनजान भएर कुराकानी हुने क्रममा उनले मलाई विवाह गर्ने भनी प्रेम जालमा पारेर पौडेलले आफूसँग कुरा गरेको र त्यसपछि लगातार आफूलाई ‘कन्ट्रोल’मा राखेर बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

३३ वर्षीया युवतीले काठमाडौँस्थित आफ्नो डेरामा आएर पौडेलले २०७८ माघ २१ मा पहिलो पटक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् ।

खाना खाने निहुँमा डेरामा आएर पहिलोपटक बलात्कार गरेका दामोदरले त्यसपछि पटक–पटक ‘विवाह गर्छु भनेर इच्छा विपरीत’ बलात्कार गरेको पीडितले आफ्नो जाहेरीमा उल्लेख गरेकी छन् । ‘२०७९ भदौ १६ मा आरोपितले हनुमानथानस्थित उनको डेरामा बोलाएर त्यहाँ बोल्न कराउन नदिई मुख थुनेर इच्छा विपरीत जबर्जस्ती करणी गरे’ पीडितले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ |

प्रहरीले यस प्रकरणमा अनुसन्धान अघि बढाएपछि राष्ट्रिय अनुसन्धान विभागले उनलाई निलम्बन गरेको छ । प्रहरीका अनुसार पौडेल कानुन व्यवसायी समेत हुन् ।

Leave a Comment

Leave a Reply