Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 9, 2023 राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: आरजूको भनिएको अडियो जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिल्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २४, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई पैसा दिएको भन्ने अडियो जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिलेको छ।

यस प्रकरणमा आरजु राणाको नाम लिएर सार्वजनिक भएको अडियोमा बोल्ने व्यक्ति प्रतिवादी सन्देश शर्मा नै भएको प्रहरीले जनाएको छ। उनी हाल यसै मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै आरजूले गत वैशाख २ गते छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । सोही निवेदनमाथि अनुसन्धान गर्ने क्रममा उक्त अडियो शर्माको आवाजसँग मिलेको प्रहरीले बताए ।

अडियोमा आवाज सन्देश शर्माको भए पनि अडियो कसरी तयार भयो भनेर टिकटक सिंगापुरलाई पत्राचार गरे पनि थप जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।