असार २५, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन सबैलाई बराबर भएकाले निर्दोष कोहि नतर्सनु भने दोषी र अपराधीलाई छुट नहुने बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले व्यक्तिगत फाइदाको लागि कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही तर्सनु नपर्ने बताएका हुन्।

उनले धनी–गरिब, सम्पन्न–विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने भन्दै त्यस्तो अपेक्षा नगर्न पनि आग्रह गरेका छन्।

उनले भने, ‘ कानुन मिच्दै देश र जनताको हित विरूद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि कीर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोही तर्सनु पर्दैन। दोषी र अपराधीलाई भने छुट हुनेछैन । अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन। त्यस्तो अपेक्षा नगरौं।’

कानुन सबैलाई बराबर छ, निर्दोष कोहि नतर्सनु भने दोषी र अपराधीलाई छुट हुनेछैन: गृहमन्त्री श्रेष्ठ
Leave a Comment