प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

साझासवाल

<p><b>असार २७, काठमाडौं |</b> नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।&nbsp; प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि सत्तारुढ दल कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो।</p><p>बैठक आज (बुधबार) दिउँसो १ बजेदेखि पार्टी मुख्यालय सानेपामा बस्ने तय भएको थियो। केन्द्रीय समितिको बैठकका अजेन्डा तय गर्न बिहान ९ बजे पदाधिकारी तथा पार्टी शीर्ष नेताहरुको बैठक बस्ने भनिएको थियो।&nbsp;</p><p>तर बिहान ८:३३ बजे दाहालको निधन भएपछि पदाधिकारी बैठकसँगै केन्द्रीय समितिको बैठक पनि स्थगित गरिएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए। उनका अनुसार बैठक साउन २ गतेदेखि सुरु हुने बताएका छन् ।&nbsp;</p>

Leave a Comment

Leave a Reply