प्रतिनिधिसभाका तीन समितिको बैठक आज बस्दै

साझासवाल
1 Min Read

<p><b>असार २८, काठमाडौं |</b> प्रतिनिधिसभा अन्तर्गतका आज तिन समितिहरूको बैठक बस्दै छन् । बैठक संसद सचिवालय सिंहदरबारमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्यतथा सूचना प्रविधि गरि तिन समितिको बैठक बस्दैछ ।<br></p><p>कृषि, सहकारी तथाप्राकृति स्रोत समितिको बैठक बिहान ११:३० बजे समितिको सभाहलमा बस्ने छ । बैठकमा भूमिव्यवस्था सम्बन्धि वर्तमान समस्यातथा समाधानका विषयमा छलफल हुनेछ ।</p><p>भने स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ | बैठकमा शिक्षा, युवा तथा खेलकुद मन्त्रालयको वर्तमान अवस्थाका विषयमा छलफल हुने छ । त्यस्तै आज दिउँसो १ बजे नै पूर्वाधार विकास समितिको बैठक बोलाइएको छ | बैठक पूर्वाधार समितिको सभा हलमा बस्ने छ ।&nbsp;</p>

Leave a Comment

Leave a Reply