<p><b>असार २८, काठमाडौँ |</b> धर्मपत्नी सीता दाहालको निधनका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिनसम्म सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका छन्।<br></p><p>नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको सचिवालयले पत्नी शोकमा परेका कारण औपचारिक कार्यक्रममा तीन दिनसम्म सहभागी नहुने जानकारी दिएको हो।</p><p>प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार समवेदना साट्न आउनेसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट हुनेछ।</p>
July 13, 2023
राजनीति
प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम ३ दिनसम्म स्थगित
By साझासवाल
2 मिनेट पढाइ










