कांग्रेसका सभापति देउवा र अमेरिकी सहायक विदशेमन्त्री लूबीच भेटवार्ता

साझासवाल
1 Min Read

असार २९, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका थिए ।

भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको देउवाको सचिवालयले जनाएको छ ।

‘भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भयो । नेपालको विकास र शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र लूको अटल सहयोगका लागि कृतज्ञ छु ।,’ देउवालाई उदृत गर्दै उनको सचिवालयले भनेको छ ।

Leave a Comment

Leave a Reply