साउन ७, काठमाडौँ | त्रिभुवन विमानस्थलबाट करिब १ सय किलो सुन बरामद प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना भन्सार एजेन्ट र ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु रहेका छन् ।

आइतबार पक्राउ पर्नेहरूमा कर्मचारीहरूभन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ, खरिदार एवम् जाँचकी कुमार ढकाल तथा भन्सार एजेन्टहरु यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा रहेका छन् |राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार उनीहरुलाई सो प्रकरणमा संलग्नता देखिएको आधारमा नियन्त्रणमा लिइएको हो ।

यससँगै यस प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् ।

असार ३० गते ‘रेडी ट्रेड्स’ले हङकङबाट ल्याएको सुन साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयबाट भन्सार जाँचपास भएको थियो । लगत्तै, राजश्व अनुसन्धान विभागले सिनामंगलबाट ट्याक्सी चालकसहित सुनसहितको ‘ब्रेक प्याड’ बरामद गरेको थियो । तस्करीमा संलग्न अन्यको खोजी र अनुसन्धान जारी रहेको विभागले जनाएको छ ।

July 23, 2023
राजनीति
१ सय किलो सुन बरामद प्रकरण: भन्सार एजेन्टसहित थप ६ जना पक्राउ
By साझासवाल
2 मिनेट पढाइ