<p><b>मङ्सिर १५, काठमाडौँ | </b>उच्च अदालत पाटनले नक्कली भुटानी शरणर्थी प्रकरणमा सन्देश शर्मालाई १० लाख धरौटीमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालतविरुद्ध उच्च अदालत गएका शर्मासहितको सुनुवाइ सकेर उच्च अदालतले शुक्रबार यस्तो आदेश गरेको हो । <br></p><p>त्यस्तै उच्च अदालतले हरिभक्त महर्जनसँग १५ लाख धरौट माग गरेको छ भने लक्ष्मी महर्जनको हकमा साधरण तारेखमा राख्न आदेश दिएको छ ।</p>
नक्कली भुटानी शरणार्थी प्रकरण : सन्देश शर्मा १० लाख धरौटीमा रिहा
Leave a Comment

