२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिडविरुद्ध एकताबद्ध हुन प्रमको निर्देशनमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

२०७८, १२ बैशाख आईतवार ०९:३४

वैशाख १२, काठमाडौँ | प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा आज बसेको तेस्रो बैठकमा उहाँले कोभिड– १९ विरुद्ध सबै पार्टी पङ्क्ति एक ढिक्का भएर परिचालित हुन आग्रह गर्नुभयो । 

“कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ,  एक ढिक्का भएर कोभिडविरुद्ध लड्नका लागि सक्रिय रहन आग्रह गर्नुभयो”, बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जानकारी दिँदै कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुन सक्ने परिस्थितिको सामना गर्न पार्टी पङ्क्ति सक्रिय हुन र जिल्लाजिल्लामा आवश्यक तयारी गर्न प्रधानमन्त्रीले निर्देशन दिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । 

शनिबार साँझ प्रधानमन्त्रीका उपस्थितिमा बसेको कोभिड क्राइसिस म्यानेजमेन्ट विस्तारित बैठकमा निकालिएको निष्कर्षका बारेमा आज जानकारी दिइएको बताउँदै प्रवक्ता ज्ञवालीले पछिल्लो समय असाध्यै धेरै सङ्क्रमण फैलिने कोभिड –१९ को नयाँ भेरियन्ट देखिएको र  त्यसका लागि निकै अक्सिजनको आवश्यकता पर्ने भएकाले नयाँ सिलिण्डर व्यवस्था गर्ने, खोपलाई विस्तार गर्नेलगायत विषयमा पनि छलफल भएको बताउनुभयो ।

सङ्क्रमणबाट बच्न पूर्णरुपमा बन्दाबन्दी गर्ने सोच नभएको जनाउँदै मन्त्री ज्ञवालीले भन्नुभयो, “सकभर जनजीविकामा प्रतिकूल असर पर्ने गरी बन्दाबन्दी गर्ने तयारी छैन, लकडाउन आफैंमा अन्तिम समाधान होइन, त्यसैले जनतालाई स्वास्थ्य मापदण्ड पालना गराई मुलुकभर कोभिड महामारीको सामना गर्ने तयारी सरकारको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय