सभापति देउवाद्वारा गैरेको निधनप्रति दुःख व्यक्त (विज्ञप्ति सहित)

साझासवाल
1 Min Read

वैशाख ३०, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेका निधनप्रति दुःख व्यक्त गरेका छन् । पार्टीका महाधिवेशन प्रतिनिधि गैरेको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा आज ५६ वर्षका उमेरमा निधन भएको हो ।

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वाध्यक्ष समेत रहेका गैरे नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिका सदस्य पनि हुन् ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले शोक वक्तव्यमार्फत नेपालको लोकतान्त्रिक आन्दोलन र वैदेशिक रोजगारका क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै गैरेप्रति  श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । कपिलवस्तु जिल्ला, शिवराज नगरपालिका– ११ निवासी गैरेले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै कांग्रेसले गैरेको निधनबाट पार्टीले होनाहार व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

Leave a Comment

Leave a Reply