नेपाल एयरलाइन्सको जहाजले चीनबाट खोप ल्याउन आजबाट लगातार तीन उडान

साझासवाल

साउन ६, काठमाडौं । कोरोना विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाजले चीनको राजधानी बेइजिङबाट आजबाट लगातार तीन उडान गर्दैछ ।

नेपाल वायुसेवा निगमका अनुसार सरकारले चीनबाट खरीद गरेको दोस्रो खेप लिन आज साँझ जहाज बेइजिङ उड्दैछ ।

यो जहाज बिहीबार काठमाडौं अवतरण गर्नेछन् । बिहीबार साँझ जहाज पुनः बेइजिङ जाने छ । सो जहाज शुक्रबार काठमाडौं आउने छ ।

अर्को उडान शनिबार साँझका लागि तोकिएको छ । सो जहाज आइतबार काठमाडौं आउने छ ।

वाइडबडी जहाज ए-३३९ जहाजले एक पटकमा ८ लाख भन्दा केही बढी खोप ल्याउन सक्छ ।

निगमले यसअघि असार २५ मा पहिलो खेप ल्याएको थियो । सो बेला ८ लाख ९ हजार ६ सय डोज खोप नेपाल आएको थियो ।

सरकारले ४० लाख डोज खोप चीनबाट किनेको छ । चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने बताएको छ ।

Leave a Comment

Leave a Reply