लचिलो बन्दै ओली, नेपालसहित बाटो बिराएका नेतालाई आममाफी दिने घोषणा

साझासवाल

साउन ८, काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपालसहित बाटो बिराएका  नेतालाई आममाफी दिने घोषणा अनुमोदन गरेको छ। केन्द्रीय कमिटीको १० औं बैठकले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली हदैसम्म लचिलो हुँदै आममाफीको प्रस्ताव अनुमोदन गरेको हो।

पुष्पलाल स्मृति दिवसको अवसरमा आममाफी  दिने घोषणा गरेका अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक प्रस्ताव नै गरे। केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले अध्यक्ष ओलीको बाटो बिराएका साथीहरूलाई आममाफी गर्ने प्रस्ताव सर्वसम्मतले अनुमोदन गरेको जानकारी दिए।

अध्यक्ष ओलीले बैठकमा विगतमा आफूबाट भएका कमी कमजोरीलाई पनि स्वीकार गरेका थिए। ‘समयमा निष्कर्षमा पुग्न नसक्नु मेरो पनि कमजोरी हो, ममा यो कमजोरीको महसुस भएको छ’,  उनले भने।

अध्यक्ष ओलीले पार्टीको एकताको रक्षाका लागि आफ्नो तर्फबाट हरसम्भव कोसिस हुने बताउँदै पार्टीमा सकारात्मक योगदान गर्ने सबैलाई विगतका गल्तीहरूप्रति उन्मुक्ति दिँदै काम गर्ने वातावरण निर्माण गरिने स्पष्ट पारे।

उनले  अन्तरघात र आन्दोलनलाई अन्तरध्वंश गर्ने प्रवृत्ति भने क्षम्य नहुने बताए। अध्यक्ष ओलीले उच्च मनोबलका साथ देश, जनता र आन्दोलनको हितलाई सर्वोपरि राखेर क्रियाशील हुन आह्वान गरे।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Leave a Comment

Leave a Reply