२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाविरुद्धको खोपका लागि कूटनीतिक प्रयास थाल्न सांसदहरुको सुझाव

२०७८, १२ श्रावण मंगलवार १०:५४

साउन १४, काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले कोभिड–१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरीद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन् । 

राष्ट्रियसभाको आजको विशेष समयमा उहाँहरुले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरुलाई नेपलामा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने सुझाव दिँदै महामारी बढ्दै गएको अहिलेको अवस्थामा कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्न माग गरे । 

नेपाली काङ्ग्रेसकी सांसद तारादेवी भट्टले वर्तमान राजनीतिक परिदृश्यमा राष्ट्रिय एकता आवश्यक भएको, एकले अर्काको अस्तित्व स्वीकार गर्दै लोकतन्त्र रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । देशका विभिन्न भागमा बाढीपहिरोबाट पीडित भएकालाई क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो । निर्मला पन्तलाई चाँडो न्याय दिन उहाँले माग गर्नुभयो । 

नेकपा एमालेकी सांसद विमला घिमिरेले संसद्मा आरोप प्रत्यारोपको राजनीति त्यागेर महामारी नियन्त्रण र जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सोही दलका अगमप्रसाद वान्तवा राईले सरकारले भूमिहीनका पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो भने सांसद तुलसाकुमारी दाहालले कोरोना सङ्क्रमण बढ्दै गरेको अवस्थामा विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नहुने सुझाव दिनुभयो । 

नेकपा (माओवादी केन्द्र) का मायाप्रसाद शर्माले सबै राजनीतिक दल र जनताको प्रयासबाट देशमा परिवर्तन भएको यथार्थ सुनाउँदै संविधान संरक्षण र गणतन्त्रको संस्थागत विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने उहाँले सुनाउनुभयो । नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामीले सरकारले खोप खरीदका लागि गरेको निर्णयको स्वागत गर्दै समयमै सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सुझाव दिनुभयो । 

सांसद विमला राई पौडेलले मुलुक संविधान कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको बताउँदै सर्वोच्च अदालतको फैसला भोलिका लागि नजिर बन्ने र त्यसबारेमा विस्तृत छलफल गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । 

नेकपा एमालेका सांसद गोपाल भट्टराईले ओली सरकारले थालेका विकास निर्माणका योजनालाई निरन्तरता दिन सरकारसँग माग गर्नुभयो भने सोही दलकी दीपा गुरुङले चुनौतीपूर्ण अवस्थामा रहेको गठबन्धन सरकारले जनाताका समस्या समाधान गर्नेमा शङ्का व्यक्त गर्नुभयो । नेकपा एमालेकी सांसद नैनकला ओझाले जनादेशबाट बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका राम्रा कामलाई प्राथमिकता दिन सरकारसँग माग गर्नुभयो । अर्का सांसद सुमित्रा विसीले देशभर महिला हिंसाका घटना बढेकामा दोषीलाई कारबाहीको माग गर्नुभयो ।

अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई घरमै सामाजिक भत्ता उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका सांसद दृगनारायण पाण्डेयले सरकारले पहिलो प्राथमिकतामा कोभिड–१९ खोपलाई राख्न सुझाव दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ