कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

kit
kit
1 Min Read

पुस ७, काठमाडौँ | प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक सुरु भएको हो।

प्रतिनिधि सभाको दशौं अधिवेशनको पहिलो दिन मंसिर २८ र दोस्रो दिन पुस ६ गते कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो। यो अधिवेशन अन्तर्गत आज तेस्रो बैठक बसिरहेको हो। संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तय गर्न बैठक डाकिए पनि प्रमुख प्रतिपक्षी दल एमाले आफ्नो अडानबाट पछि हटेको छैन। एमालेले आफ्नो दलले कारबाही गरेका १४ सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी रहुञ्जेल बैठक चल्न नदिने बताउँदै आएको छ।

संसदमा विपक्षी दलले उठाएको विषय अदालतमा विचाराधीन रहेकोले बैठकमा प्रकृयासंगत ढंगले आफ्ना कुरा राखेर अघि बढ्न सभामुखले आग्रह गर्दै आएका छन्। संसदबाट निकास ननिस्कने र अदालतमा विचाराधीन विषयमा धेरै समय खेर जाने भएकोले जनताको सर्वोच्च जनप्रतिनिधि संस्था संसदमा जनसरोकारका विषयमा छलफल गर्ने वातावरण बनाउनुपर्ने उनको धारणा छ।

आफ्ना कुरा राखेपछि सहभागी अन्य सदस्यहरूको कुरा सुन्ने धैर्यता राख्न विपक्षी दल आबद्ध कार्यव्यवस्थाका सदस्यहरूलाई सभामुखले आग्रहसमेत गर्दै आएका छन्। आजको बैठकमा कार्यसूचीलाई अन्तिम रूप दिने, आगामी बैठकको मिति तय गर्ने लगायतका विषयमा छलफल हुने छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply