२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैँमा घर गएर उपत्यका भित्रिने यात्रुको संख्यामा वृद्धि

२०७४, २० आश्विन शुक्रबार ०८:१०

असोज २०, काठमाडौँ । यस वर्षको बडादशैँमा घर गएर फर्कने यात्रुको संख्यामा वृद्धि भएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार असोज १४ गते विजयादशमीदेखि असोज १९ गते कोजाग्रत पूर्णीमासम्म चार लाख १२ हजार ६८८ यात्रु काठमाडौँ भित्रिसकेका छन् । 

विजयादशमीमा ३९ हजार ७९८, एकादशी ४९ हजार १०, द्वादशी ६७ हजार ७२५, त्रयोदशी ७६ हजार ७६५, चर्तुदशी ९० हजार १०० र कोजाग्रत पूर्णीमाका दिन ८९ हजार २९० यात्रु भित्रिएका छन् । 

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता उमेश रञ्जितकारले गत वर्षको तुलनामा यसवर्ष कोजाग्रत पूर्णीमाको दिनसम्म कम यात्रु उपत्यका भित्रिएको बताउनुभयो । 

“दशमीदेखि पूर्णीमासम्म कम दिन कार्यालय सञ्चालन, दशँै र तिहारको बीचमा स्कुल तथा कलेज बिदा भएका कारण उपत्यका भित्रिने यात्रुको संख्यामा कमी आएको हो,”–प्रवक्ता रञ्जितकारले भन्नुभयो । 

दशैँ मनाउनका लागि काठमाडौँबाट निजी तथा सार्वजनिक यातायातमा २० लाखको हाराहारीमा यात्रु बाहिरिएका थिए । यस्तै यो वर्ष काठमाडौँ उपत्यकामा दशैँको बेलामा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा समेत कमी आएको छ । गतवर्ष १० जनाले ज्यान गुमाएकामा यो वर्ष चार जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ । 

ज्यान गुमाउनेमा मञ्जित राउत, प्रमिला बलामी, खिलराज घिमिरे र प्रजन सैजु रहेका छन् । महाशाखाले सो अवधिमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक हजार ९७, बढी भाडा लिई सवारी चलाउने ५३, बढी भाडामा टिकट बेच्ने (बिचौलिया) ३४, बढी भाडा लिने ट्याक्सी ५०, रुट इजाजतबिना सवारी चलाउने २१ सवारी चालकलाई कारबाही गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल