सर्वदलीय बैठकमा एमसीसी रोक्ने प्रचण्डको अडान

kit
kit
1 Min Read

पुस ८, काठमाडौँ | सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई राष्ट्रिय सम्मेलन अगाडि संसद बैठकमा पेश नगर्न आग्रह गरेका छन् ।

सत्तारुढ गठबन्धनको बैठक जारी रहेको बखतमा अध्यक्ष प्रचण्डले ११–१३ मंसिरमा हुने राष्ट्रिय सम्मेलन अगाडि संसदमा एमसीसी प्रस्ताव पेश नगर्न आग्रह गरेका हुन् ।

यसैबीच अध्यक्ष प्रचण्डले आज बालुवाटारमा बसेकाे सर्वदलीय बैठकमा समेत एमसीसी सम्झाैता तत्काल संसदमा पेश गर्नबाट राेक्न आग्रह गरेका छन्। यथास्थितिमा एमसीसी स्वीकार गर्न नसक्ने स्थिति रहेकाेले तत्काल संसद बैठकमा पेश नगर्न उनले अडान राखेका हुन्।

‘पार्टीको राष्ट्रिय सम्मेलनअघि संसद बैठकमा एमसीसी प्रस्ताव नहुने अध्यक्षको धारणा छ,’ दाहालका स्वकीय सचिव रमेश मल्लले भने, ‘प्रधानमन्त्री समक्ष एक चरण कुरा भए पनि थप छलफल आजको बैठकमा हुनेछ ।’ उनका अनुसार सत्तारुढ गठबन्धन बैठकमा प्रचण्डले राख्ने प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले के गर्नेछन् ? त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

माओवादी केन्द्रले ११–१३ पुसको सम्मेलन आउन एक साता मात्रै बाँकी रहेको र अहिले नै संसदमा पेश गर्दा पार्टीमा बहसको बिषय हुने भन्दै सम्मेलनपछि मात्रै एमसीसीलाई संसदमा लैजान आग्रह गरेका हो । प्रधानमन्त्री देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्तावमा सकारात्मक रहेको पनि माओवादी नेताहरूले जनाएका छन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply