माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा नेम्वाङ विजयी

kit
kit
1 Min Read

पुस ८, काठमाडौँ | नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्बाङ (मिक्सो) विजयी भएका छन्।

बुधबार विराटनगरमा सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि मिक्सोले १६९ मत हासिल गरी विजयी भए। उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बो ६४ मतमा सीमित भए। तीनजना उपाध्यक्षमा देवान चाम्लिङ ९१२००, शिवकुमार डाँगी ९११३० र मणिकुमार साम्पाङ (१११) विजयी भएका छन् ।

एक जना सचिवमा गणेश उप्रेती (सुशील) विजयी भए । उनले १४८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए । ३ जना सहसचिवमा कुमारी राई (११४), ऋषिराम ढुंगाना (९५) र सागर किराँती (७३) विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । मतदानमा १९ जना अनुपस्थित भए ।माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशनले पदाधिकारीको टुङ्गो लगाउन नसकेपछि सदस्य घोषणा मात्रै गरेको थियो । सहमतिको प्रयास असफल भएपछि बुधबार बेलुका निर्वाचन गरेको हो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply