पुस १०, काठमाडौँ | नेकपा गौरवशाली पार्टीले एमसीसी खारेजीको माग गर्दै आव्हान गरेको भोलीको नेपाल बन्द फिर्ता गरेको एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

पार्टीका अध्यक्ष भविसोर पराजुलीद्वारा जारी विज्ञप्तिमा एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, परराष्ट्र नीति विरुद्ध भएको भन्दै सरकारसँग खारेजीको माग गरेको छ ।

जारी विज्ञप्तिमा अमेरिकी उच्च अधिकारीहरुले आधिकारिक रुपमा एमसीसीलाई हिन्द प्रशान्त रणनीतिको अंग भएको तथ्य सार्वजनिक गरिरहँदा पनि यसलाई चोरबाटोबाट पारित गर्ने वर्तमान नेपाल सरकारको राष्ट्रघाती दुष्साहस भएको उल्लेख छ । यसैको बिरोध स्वरूप पुस ११ गते बन्द घोषणा गरेको जानकारी गराएपनि भोली पुस ११ गते बिद्यार्थीहरुको परीक्षा चलिरहेको र नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन समेत परेकाले सरोकारवालाहरुको आग्रह अनुसार बन्दको कार्यक्रम फिर्ता लिएको बताइएको छ ।

पराजुली नेतृत्वको नेकपा गौरवशाली पार्टी २०७५ मा माओवादी केन्द्र र एमाले बीच एकता भएपछि असन्तुष्ट भई पुनर्गठित नेकपा माओवादी केन्द्र गठन गरि चलेको पार्टी हो । सर्वोच्चले एकता पछिको नेकपालाई पुरानै अवस्थामा फर्काइदिएपछि पुनर्गठित नेकपा माओवादी केन्द्रलाई निर्वाचन आयोगले मान्यता दिएन । पछि निर्वाचन आयोगले नाम परिवर्तन गर्न सुझाव दिएपछि उक्त पार्टीले नेकपा गौरवशाली पार्टी राखेर पार्टी संचालन गर्दै आएको छ ।

विज्ञप्ति हेर्नुहोस्

एमसीसी बिरुद्ध पुस ११ गते गरिएको बन्द आव्हान फिर्ता (विज्ञप्ति सहित)
Leave a Comment