<p><b>पुस १७, काठमाडौँ | </b>नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गर्नुभएको छ । <br></p><p>नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम पार्टी सभापतिले केन्द्रीय कार्यसमितिमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनयन गर्नु भएको नेपाली काङ्ग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको जनाइएको छ ।</p>
सभापति देउवाद्वारा दश केन्द्रीय सदस्य मनोनित
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

