पुस १८, काठमाडौँ | नेकपा माओवादी केन्द्रले निर्वाचन कार्यतालिका चौथो पटक संशोधन गरेको छ । संशाेधित कार्यतालिका अनुसार केन्द्रीय समिति चयनका लागि उम्मेदवारी दर्ता आइतबार बेलुकी ६ देखि राति ८ बजेसम्मका लागि तोकिएको छ ।

यसअघि अपराह्न ४ बजेबाट उम्मेदवारी दर्ताको समय निर्धारण भएको थियो । सहमति खोज्ने प्रयासका लागि भन्दै फेरि दुई घण्टा पछाडि निर्वाचन तालिका सारिएको हो ।

त्यसैगरी केन्द्रीय सदस्यका लागि मतदान भने सोमबार बिहान ८ बजेदेखि दिउँसो सवा १ बजेसम्म हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताएका छन् ।

माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।

माओवादीकाे निर्वाचन कार्यतालिका चाैथाे पटक संशोधन
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment