पुस २३,काठमाडौँ | बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी छ। सरकार सञ्चालन सहजीकरणका लागि गठित समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा.बेदुराम भुसाल, काँग्रेस नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, जसपा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहेका छन्।

बैठकमा सरकार सञ्चालनमा परेका समस्याका साथै आसन्न राष्ट्रियसभा निर्वाचनबारे छलफल भइरहेको बताइएको छ। समितिको बिहीबार बसेको बैठकमा नेता रामचन्द्र पौडेलले संसदको अवरोध हटाउने, अदालतको समस्यामा समाधान खोज्नुपर्ने लगायतका १६ बुँदे सुझाव पेश गरेका थिए।

सोही सुझावमाथि आज छलफल सुरु भएको नेताहरुले बताएका छन्। त्यस्तै पौडेलले बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर संसद अवरोध खुलाउने विषयमा छलफल गरेका थिए।

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment