पुस २४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ। ओलीसँगको भेटका लागि देउवा बिहान बालकोट पुगेका थिए। करिब एक घण्टा भएको भेटमा दुवै शीर्ष नेताबीच संसदको जारी अवरोध हटाउने र एमसीसी पास गर्ने विषयमा छलफल भएको थियो।

भेटका बारेमा दुवै नेता खुल्न चाहेनन्। यद्यपि उपस्थित सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका थिए। भेटपछि देउवा केही नबोली बाहिरिए। ओलीले पनि सञ्चारकर्मीको जिज्ञासामा लामो जवाफ दिएनन्। वार्ता कस्तो भयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘राम्रो भयो।’

शुक्रवार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो। यसअघि समितिका संयोजकसमेत रहेका काँग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुगेर ओलीसँग कुरा गरेका थिए। पौडेल-ओली वार्तापछि गठबन्धनमा छलफल गरेरै देउवा ओली निवास गएका हुन्।

सकियो ओली-देउवा भेटवार्ता, के भयो कुरा ?
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment