पुस २४, काठमाडौँ | काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ। कोरोनाभाइरस संक्रमणको रोकथामबारे छलफल गर्न बैठक बस्न लागेको हो।

काठमाडौँ, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्नुअघि आइतबार तीन जिल्लाको डीसीसीएमसीको बैठक बस्दैछ। भोलि नै तीनै जना सीडीओले स्वास्थ्य मन्त्रालयसँग छलफल गर्दैछन्।आइतबार नै सीसीएमसीको बैठक पुनः बस्ने तयारी छ। स्वास्थ्य मन्त्रालयले भोलि नै कोरोनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने भएको छ।

त्यसपछि गृह मन्त्रालयसँग समन्वय गरेर तीनै सीडीओले स्मार्ट लकडाउन कार्यविधिअनसार संक्रमण रोकथामबारे निर्णय गर्ने भएका छन्। कोरोना संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)ले निर्देशन दिएको थियो।

शुक्रबार देशभर ९६८ जनामा संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा भने ३६९ जना संक्रमित थपिएका छन्। अहिलेसम्म नेपालमा ओमिक्रोन भेरियन्ट २७ जनामा पुष्टि भएको छ

काठमाडौँ उपत्यकाका तीन जिल्ला अधिकारीहरुको आकस्मिक बैठक
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment