पुस २४, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट मूलधारको पार्टी भएको बताएका छन्। समाजवादी अपांग संगठनको कार्यसमिति घोषणा कार्यक्रममा उनले माले, जनताको बहुदलीय जनवादको सिद्धान्त पार्टीले अवलम्बन गरेको जनाउँदै समाजमा न्याय, समानता र समावेशीको सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए।

उनले न्याय सबैका लागि बराबर हुनुपर्नेमा जोड दिँदै असमान व्यवहार कसैलाई पनि गर्न नपाइने र समाजका सबै तहमा समावशी प्रतिनिधित्व गराउन संविधानमा व्यवस्था गरिएको उल्लेख गरे। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अशक्त वर्गलाई जीविकोपार्जनका लागि राज्यले व्यवस्था गर्नुपर्ने र केही पनि गर्न नसक्नेलाई हेरचाह गर्नुपर्ने विचार व्यक्त गरे।

उनले भने, ‘मेचीदेखि महाकालीसम्म आफ्नो पार्टी प्रकाशपुञ्जका रूपमा फैलिएको छ, जनताको सेवासुविधामा क्रियाशील रहेर समाज परिवर्तन गर्न सकिन्छ।’ मानवीयताको चरित्र कम्युनिष्ट विचारमा आबद्ध सबैले राख्नुपर्ने धारणा राख्दै उनले पवित्र भावना लिएर पार्टीमा आबद्ध हुन सबैलाई आग्रह गरे।

पार्टीको अपांगता फाँटका इन्चार्ज वीरेन्द्रराज पोखरेल, अनुशासन आयोगका सदस्य बालकृष्ण गैरेले अपांगता अधिकारका साथै उनीहरुलाई सवलीकरण गर्ने सम्बन्धमा धारणा राखे। सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी रामप्रसाद ढुंगानाको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको छ।

‘अशक्त वर्गको हेरचाह राज्यले गर्नुपर्छ’
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment