<p><b>पुस २५, काठमाडौँ | </b>भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय जनमोर्चा (राजमो)ले ध्यानाकर्षण भएको जनाएको छ। राजमोका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरेर मोदीले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एउटा सार्वजनिक कार्यक्रममा दिएको दिएको सार्वजनिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका हुन्।<br></p><p>कार्यक्रममा मोदीले मानसरोवरसम्म जाने सडक पुर्याउनका लागि लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भइरहेको बताएका थिए। केसीले लिपुलेक क्षेत्रमा भारतीय पक्षबाट भएको सडक विस्तारको काम रोक्न मागसमेत गरेका छन्। भारतले सडक विस्तारको कार्य अहिले पनि जारी राखेकोमा उनले घोर विरोध गरेका छन्। नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न उनले माग गरे।</p><p>‘गत साल भारतले नेपालको कालापानी क्षेत्र अन्तर्गत लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गर्नुका साथै भारतका रक्षामन्त्रीले भर्चुअल माध्यमबाट त्यसको उद्घाटन पनि गरेको थिए। भारतको उक्त हेपाहा कार्यको विरुद्ध देशव्यापी रुपमा जनता सडकमा उत्रेका थिए। भारतीय साम्राज्यवादले नेपाली भूमि अतिक्रमण गरी नेपालको अनुमतिविना गरिएको निर्माण कार्यको राष्ट्रिय जनमोर्चाले घोर विरोध तथा भर्त्सना गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसका बाबजुद पनि भारतीय साम्राज्यवादले सडक विस्तारको काम जारी नै राखेको थियो। तात्कालीन अवस्थामा नेपाल सरकारबाट पनि उक्त कार्यको विरोध गर्दै भारतलाई कूटनीतिक नोट पठाएको थियो।’</p>
लिपुलेक क्षेत्रमा सडक विस्तारको काम रोक्न जनमोर्चाको माग
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

