बालुवाटारमा सरकार सञ्चालन समन्वय समितिको बैठक जारी

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

माघ ४, काठमाडौँ | सत्तारुढ पाँच दलीय गठबन्धनको उच्च स्तरीय सरकार सञ्चालन समन्वय समितिको बैठक अहिले बसिरहेको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको समितिको बैठकमा स्थानीय तह निर्वाचनको मितिबारे छलफल हुने बताइएको छ।

निर्वाचन आयोगले वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ। यसबारेमा छलफल गर्न आयोगले केही दिन अघि सर्वदलीय बैठकसमेत बोलाएको थियो। गत शुक्रबार सर्वदलीय बैठक बोलाएर आयोगले माघ दोस्रो साताभित्र निर्वाचनको मिति घोषणा गर्न सत्तारुढ दललाई आग्रह गरेको थियो।

कोरोना संक्रमण मुक्त भएपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए। त्यही भेटका क्रममा निर्वाचनको मितिबारे छलफल गर्न मंगलवारका लागि बैठक बोलाउने तय भएको हो।

स्थानीय तहको मितिबारे छलफल गर्नका लागि बैठकमा राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद् खुलाउनेदेखि सर्वोच्च अदालतमा भइरहेको समस्याको बारेमासमेत छलफल हुने बताइएको छ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply